असोज १७ गते । राजापुर, बर्दिया
कैलाली, कञ्चनपुर र बर्दियामा मात्र बसोबास रहेको, परम्परागत रुपमा सुन चाल्ने, माछा मार्ने पेशामा आस्रित सोनाहा जातीले लोपन्मुख जातिको रुपमा सुचिकृत गर्न दवाब दिनकोलागि राष्ट्रिय सोनाहा सम्मेलन कार्यक्रम राजापुर नगरपालिका वडा नं.—१, हिमालीपुर बर्दियामा सम्पन्न भएको छ ।
उक्त सोनाहा सम्मेलन कार्यक्रममा सोनाहा समुदायले नेपालको लोपन्मुख जातिमा सोनाहा जातिलाई सुचिकृत गरि पाँउ भनि लुम्बीनी प्रदेश प्रमुखलाई ज्ञापन पत्र बुझाएका छन् ।
सोनाहा जाति बिषेश गरि बर्दिया जिल्लाको राजापुर नगरपालिका, गेरुवागाँउपालिका, कैलालिजिल्लाको चिसापानि र कञ्चनपुर जिल्लाको ऐरी भन्ने ठाँउमा मुख्य बसोबास रहेको यस जातिको राष्ट्रिय जनगणना २०६८ अनुसार जम्मा १२०५ जनाको संख्यामा रहेको छ । बनजंगलको आसपास, नदि किनार मा बसि माछा मार्ने, सुन चाल्ने मुख्य पेशा रहेको हामि सोनाहा जाति लोपन्मुख आदिबासि हुदाहुदै पनि राज्यले यस जातिलाई सुचिकृत आदिबासि जनजातिको औपचारिक मान्यता दिएको छैन । यस कारण हामि सोनाहा जातिको अस्तित्व नै संकटमा पर्दै गइरहेको छ ।
आफनो छुट्टै मातृभाषा र परम्परा, रितिरिवाज, छुट्टै साँस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र अलिखित इतिहास भएको हामि सोनाहा जातिलाई सुचिकृत नगरि समान पकृति भएका अरु जातिलाई आदिबासि जनजातिमा सुचिकृत गर्नुले राज्यले कसैलाई काखा कसैलाई पाखा गरेको देखिन्छ जो न्यायीकसिदान्तको बिपरित छ । सोनाहा जातिको मुख्य पेशा सुन चाल्ने हो यस्तो सीप तथा ज्ञान एउटा पुस्ता बाट अर्को पुस्तामा सर्दै जाने भएको सन्र्दभमा अल्पसंख्यक रुपमा रहेको यस जाति राज्यको संंरक्षणको अभावमा लोप हुदै जाने निश्चित छ ।
मिति २०६५ चैत्र ५ गतेको मन्त्रि परिषदको निर्णयानुसार आदिबासि जनजाति सुचि परिमार्जन गर्न गठित उच्चस्तरीय कार्यदलले समेत सोनाहा जातिलाई समेटन नसक्नुले हामि निकै संकटमा पर्दै गएका छौ । राज्यबाट अरु आदिबासि जनजाति तथा लोपन्मुख जातिले पाउने संरक्षण, आरक्षण तथा सेवा सुबिधाबाट हामि बञ्चित हुन पुगेका छौ ।
मिति २०७०/०२/२० गते सोनाहा जातिका अगुवाहरुबाट सोनाहा जातिलाई सुचिकृत गर्न अनुरोध गर्दै संघिय मामिला तथा स्थानीय बिकास मन्त्रालयमा अनुरोध गरेको भएता पनि हाल सम्मबिपक्षि निकायहरुबाट कुनै सुनुवाई भएको पाईदैन ।
जातिय पहिचान र अस्तित्वको कानुनि लडाँइमा सम्मानिय श्री सर्बोच्च अदालत बाट मिति २०७२ साल मंसिर महिनाको १६ गते बुधबारका दिन लोपन्मुख अवस्थामा रहेका सोनाहा जातिलाई अब अबिलम्ब जो चाहि आवश्यक पकृया पुरा गरि अनुसुचिमा छुट भएको जातिको रुपमा समाबेश गरी आदिबासि÷जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ को दफा २ क संग सम्बन्धित अनुसुचिमा सुचिकरण गर्नु भनि बिपक्षि नेपाल सरकार मन्त्रिपरिषदको नाममा परमादेश जारि भैसेको अवस्थामा समेत आज ६ बर्ष बिति सक्दा पनि कुनै फैशला कार्यान्वय नहुनुबाट हामि सोनाहा जाति निरास बन्दै गईरहेका छौ ।
अतःमाननिय प्रदेश प्रमुख ज्युको पहल कदमिमा हाम्रो माग जो सम्मानिय श्री सर्बोच्च अदालतको परमादेश फैसला अनुसार सोनाहा जातिलाई नेपालको मुल कानुनमा लोपन्मुख आदिबासि जनजातिमा सुचिकृत गराउन का निम्ती ज्ञापन पत्र बुझाएकोछ ।
लुम्बीनी प्रदेश प्रमुख माननिय श्री अमिक शेरचन ज्यु मन्तब्यमा बोल्दै साेनाहा जातिलाइ सम्मानिय श्री सर्बोच्च अदालतको परमादेश फैसला ले नै सुचिकृत गर्ने भनि फैसला गरी सकेकाेले मन्त्री परिषदबाट हाल हुन नसकेकाे निर्णयलाइ, चाँडै नै निर्णय गराइ सोनाहा जातीलाइ ठाेकुवाका साथ सुचिकृत गराउछुँ भनि प्रबिद्धता जनाउनु भयो ।
उक्त तेश्रो राष्ट्रिय सोनाहा सम्मेलन कार्यक्रम सोनाहा विकास समाजको आयोजनामा संस्थाका अध्यक्ष श्री बल बहादुर सोनाहा ज्युको सभापतित्वमा सम्पन्न भएको थियो ।
News coverage: www.kathariyanpost.com