१५ चैत्र २०८०, बिहिबार

Sonaha Bikash Samaj

राजापुर नगरपालिका

मिति २०७७ मंसिर २९ गते

राजापुर नगरपालिका वडा नं.१, मुरगहवा बर्दियामा अवस्थित थारू तथा साेनाहा सामुदायिक हाेमस्टेकाे संग्रहालय तथा तालिम भवन लुम्बिनी प्रदेश बर्दिया जिल्ला क्षेत्र नं. २(ख) का सांसद श्री दिपेश थारू (राजेश) ज्यु बाट उदघाटन गरिएकाे छ ।

गुड नेवर्स इन्टरनेशनल नेपालकाे आर्थिक तथा प्राबिधिक सहयाेगमा साझेदारी संस्था साेनाहा विकास समाज द्वारा संचालित सामुदायिक विकास परियाेजना बर्दिया मार्फत रकम रू.९७०,०००/- र हाेमस्टेकाे लगानी रकम रू.९९८,७८९/- गरी जम्मा रू.१९,६८,७८९/- काे लागतमा उक्त भवन निर्माण भएकाे हाे।

थारु सोनाहा होमस्टेका अध्यक्ष इन्द्रदेवी थारुको अध्यक्षतामा आयोजित कार्यक्रममा बर्दिया क्षेत्र नं. २ ख का लुम्बिनी प्रदेश सांसद दिपेश थारु (राजेश) ज्यु प्रमुख अतिथि र वडा नं. १ का वडाध्यक्ष खुशीराम चौधरी ज्यु  गुड नेवर्स इन्टरनेशनल नेपाल जीविकोपार्जन प्रवन्धक श्री गणेश ढकाल ज्यु विशिष्ट अतिथि रहनु भएको थियो ।

थप समाचारकालागि याे लिंकमा जानुहाेला : https://radiosathi.com.np/news-details/480/2020-12-15

Social Media

Contact

Sonaha Bikash Samaj
Address : Rajapur Municipality-1, Himalipur, Bardiya Nepal
Phone : +977 9864877650 / 9814592412
Email : [email protected]

Location