२१ मंसिर २०८२, शनिबार

Sonaha Bikash Samaj

[addthis tool='addthis_inline_share_toolbox']

प्रथम पटक प्रकाशित मिति: २०८२।०८।१२ गते

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्रवाधिक सहयोगमा, दिगो उद्यम तथा वातावरण विकास कार्यका लागि सचेतना केन्द्र (सेवक/नेपाल) र सोनाहा विकास समाज बर्दिया द्वारा सचालित एकिकृत सामुदायिक विकास परियोजना सन् २०२५ अन्तरगत सहकारी ब्यवसाय सञ्चालनका लागि तपसिल अनुसारको समाग्रीहरू खरिद गर्नुपर्ने भएकोले TOR मा उल्लेखीत शार्त अनुसार आपुर्ती गर्न इजाजत प्राप्त इच्छुक स्थानिय तथा राष्ट्रिय कम्पनि/फर्म/आपुर्तिकर्ता वा संस्थाहरूवाट रितपूर्वक गोप्य शिलबन्दी दरभाउ पत्र तोकेको ढाँचा तथा फाराम बमोजिम प्रथम पटक प्रकाशित मितिले १५ (पन्ध्र) दिन भित्र प्राप्त हुने गरी बुझाउन हुन सूचित गरिन्छ ।

तपसिल:
क्र.स. विवरण एकाई परिणाम
१. अटो रिक्सा (ईलेक्टीकल) थान ३
२. अटो रिक्सा (पेट्रोलीयम) थान १
३. पिकप भ्यान (डिजेल) थान १
४. ग्रेडीङ्ग मेशिन (अन्न बाली) सेट १
५. धान, गहुँ हारभेष्टर कम्बाइन मेशिन सेट १
६. राइस मिल सेट १
७. मसला उद्योग सञ्चालनका लागि आवश्यक मेसिन ( मसला पस्निे , मसला प्याकेजिङ्ग मेशीन, मसाला सुकाउने मेसिन, मसला कटर) सेट १
८. कार्पेट मिटर १

शर्तहरु:

१) दरभाउ पत्र पेश गर्नेले अनिवार्य रुपमा शिलबन्दी दरभाउ पत्र पेशगरेकोनिवेदनकासाथ आधिकारिक सम्पर्क नम्बर पेशगर्नु पर्नेछ ।

२) दरभाउपत्र पेश गर्न चाहेको फर्मले फर्म दर्ता, नविकरण, कर चुक्ता प्रमाणपत्र र स्थाई लेखा नं. आदिको प्रतिलिपी पेश गर्नु पर्ने छ ।

३) मुल्य सुचिको प्रत्येक पानामा फर्मको छाप तथा जिम्मेवार व्यक्तिको हस्ताक्षर पेश गर्नु पर्नेछ ।

४) कालो सुचिमा नपरेको स्वघोषणा पत्र पेश गर्नु पर्नेछ ।

५) दरभाउपत्र पेश गर्दा वस्तुको हकमा नाम, परिमाण, गुणस्तर, उत्पादन कम्पनी, ग्यारेन्टी, वारेन्टी आदी स्पष्ट रुपमा उल्लेख गर्नु पर्नेछ ।

६) पेश गरीएको दरभाउ ३१ डिसेम्बर, २०२५ सम्म लागु हुने भएकाले बार्षिक परिमाणमा छुट हुन सक्ने भए सो खुलाउनु पर्नेछ ।

७) दरभाउ पेश गर्दा भ्याट सहितको मुल्य पेश गर्नुपर्ने छ ।

८) उपरोक्त बमोजिमको शिलबन्दी दरभाउ पत्र यो सूचना प्रकाशित भएको मितिले १५ दिन अर्थात २६ मंशिर २०८२ तदनुसार १२ डिसेम्बर २०२५ सांझ ४:०० बजे भित्रTOR मा उल्लेखित तपसिलको कार्यालयहरूमा वा गुड नेवर्स इन्टरनेशनल नेपाल, लगनखेल १३ ललितपुरमा पेश गर्न सकिनेछ । दरभाउपत्रको आवेदन फाराम TOR ईमेल [email protected]वा वेभसाइट https://www.sbs.org.np/ बाट प्राप्त गर्न सकिनेछ ।

नोट:

१. दरभाउ पेश गर्दा सामग्रीको नमुना (Sample or CatLog ) पनि अनिवार्य रुपमा पेश गर्नुपर्नेछ ।

२. सेवा प्रदायक कम्पनी , फर्मवाआपुर्तिकर्ता छनौट गर्ने वा नगर्ने सम्पुर्ण अधिकार संस्थामा निहित रहनेछ ।

३. थप जानकारीका लागी सम्पर्क नं. ९८६८१२४१२६/९८५७८२४४०३/९८४८७३८०६९/९८४८६४१४३८

ToR for CooprativeBussinesImprovment Material Support

खरिद समिति

सेवक नेपाल कैलाली / सोनाहा विकास समाज बर्दिया

Click here 

 

Social Media

Contact

Sonaha Bikash Samaj
Address : Rajapur Municipality-1, Himalipur, Bardiya Nepal
Phone : +977 9864877650 / 9814592412
Email : [email protected]

Location